प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम पार्ने मात्र : प्रधानमन्त्री

हिमाल प्रेस १२ चैत २०८१ १४:०९ | Tuesday, March 25, 2025
प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम पार्ने मात्र : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन्।

मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन्। प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रित र सक्रिय रहेको उनले बताए।

देशी-विदेशी तत्व सरकारलाई बद्नाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेको उनले बताए। उनले देशको बिकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे।

२०४६ सालको परिवर्तन पछि तीव्र विकासको बाटोमा अघि बढ्को भन्दै प्रधानमन्त्री ओलीले आफू सरकारमा रहदा उल्लेखीय रूपमा विकासका काम भएको दाबी गरे। प्रधानमन्त्री ओलीले देशको विकासमा इन्जिनियर्सको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रकाशित: १२ चैत २०८१ १४:०९ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast