प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस १७ चैत २०८१ १७:४४ | Sunday, March 30, 2025
प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ –प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठक केहीबेर सञ्चालन भएपछि स्थगित भएको हो।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।

प्रधानमन्त्रीले यस विषयमा जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान प्रतिपक्षी दलहरूले राखेका छन्। प्रतिपक्षी दलहरूकै अडानका कारण बिहीबार र शुक्रबार पनि संघीय संसदको दुवै सदनको बैठक प्रभावित भएको थियो।

प्रकाशित: १७ चैत २०८१ १७:४४ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast