प्रचण्डको चेतावनी- राजतन्त्र फर्काउने नाटक नगर्नु, ठूलो मूल्य चुकाउनुपर्छ

हिमाल प्रेस ५ चैत २०८१ १४:५८ | Tuesday, March 18, 2025
प्रचण्डको चेतावनी- राजतन्त्र फर्काउने नाटक नगर्नु, ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजतन्त्र पुनःस्थापना गर्ने प्रयासलाई व्यर्थको नाटक भन्दै त्यसतर्फ नलाग्न राजावादीहरूलाई चेतावनी दिएका छन्।

आज काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले राजतन्त्र फर्काउने मुर्खता गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताए।

‘फेरि अर्को मुर्खता नगरियोस्। नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ प्रचण्डले भने।

उनले हाल चलिरहेको बहसले जनतालाई अझै बढी सचेत बनाउने अवसर दिने उल्लेख गर्दै राजतन्त्र पुनःस्थापना असम्भव भए पनि यसले वैचारिक बहसलाई अघि बढाउन मद्दत गर्ने धारणा व्यक्त गरे।

प्रकाशित: ५ चैत २०८१ १४:५८ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast