पेनाल्टी सुटआउटमा अभागी बन्यो एट्लेटिको, रियल क्वार्टरफाइनलमा

हिमाल प्रेस २९ फागुन २०८१ ८:२० | Thursday, March 13, 2025
पेनाल्टी सुटआउटमा अभागी बन्यो एट्लेटिको, रियल क्वार्टरफाइनलमा तस्बिर : रासस/ एपी

काठमाडौँ- एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफायनलमा प्रवेश गरेको छ।

समग्रमा २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो। पहिलो लेगम रियाल २-१ र दोस्रो लेगमा एटलेटिको १-० ले विजयी भए। बुधबार धरेलु मैदान वान्डामेट्रोपोलिटानोमा सम्पन्न दोस्रो लेगमा कोनर गालाघरेले गरेको एकमात्रै गोल एट्लेटिकोलाई जित दिलाउन पर्याप्त बन्यो। उनले पहिलो मिनेटमै गोल गरेका थिए।

भिनिसियस जुनियरले ७०औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेनन्। उनको प्रहार बाहिरिएको थियो।

पेनाल्टी सुटआउटमा रियालका लागि किलियन एमबाप्पे, जुड बेलिंघम, फेडेरिको भाल्भर्डे, लुकास भास्क्वेज र एन्टेनियो रुडिगरले गोल गरे। एटलेटिकोको लागि एलेक्सजेन्डर सर्लोथ र एन्जल कोरियाले गोल गरे। जुलियन अल्भारेज र मार्कस लोरेन्ट भने चुके।

रियालले क्वार्टरफाइनलमा आर्सनलको सामना गर्नेछ। आर्सनल पीएसभीविरुद्ध ९-३ को सानदार जित निकाल्दै क्वार्टरफाइनल पुगेको हो।

प्रकाशित: २९ फागुन २०८१ ८:२० | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast