पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको अग्रता

हिमाल प्रेस ११ चैत २०८१ १५:५० | Monday, March 24, 2025
पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको अग्रता

पोखरा- पृथ्वीनारायण क्याम्पस पोखराको आइतबार भएको स्ववियुको चुनावको मतगणनाको प्रारम्भिक नतिजामा एमाले निकट अनेरास्ववियु अध्यक्षका उम्मेदवारले अग्रता लिएका छन्। सोमबार दिउँसो साढे ३ बजेसम्म ३०१ मत गणना हुँदा अनेरास्ववियुका विष्णु पोखरेलले १२८ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार सुशील न्यौपानेले पछ्याइरहेका छन्। उनले ५२ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ३८ मत ल्याउँदा चौथो नम्बरमा अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २८ मत ल्याएका छन्।

संयुक्त प्यानलका उम्मेदवार सन्तोष पौडेलले २०, अर्का स्वतन्त्र उम्मेदवार कमल सुवेदील १२ र प्राज्ञिक परिषद्का दिप्सन गुरुङले १० मत ल्याएका छन्।

सचिव र कोषाध्यक्षमा पनि अनेरास्ववियुका उम्मेदवारले अग्रता लिएका छन्। सचिवमा विराट दुवाडीले १८४ र कोषाध्यक्षमा सन्धिका गुरुङले १४६ मत ल्याएकी छन्। मतगणना सकिन राति अबेर हुने अनुमान छ।

गत ५ चैतमा स्थगित भएको मतदान आइतबार भएको हो। जसमा एकतिहाई अर्थात् ३१ दशमलब २५ प्रतिशत मात्र मत खसेको छ। सबैभन्दा धेरै मतदाता रहेको यो क्याम्पसमा कुल ९ हजार २ सय ७० मतदाता विद्यार्थीमध्ये २ हजार ८ सय ९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए। अनेरास्ववियुको वर्चश्व रहँदै आएको यो क्याम्पसमा २०६५ सालयता चुनाव हुन सकेको थिएन।

प्रकाशित: ११ चैत २०८१ १५:५० | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast