पीएम कप : मधेसलाई लुम्बिनीले दियो १५९ रनको लक्ष्य

हिमाल प्रेस ४ चैत २०८१ १२:२७ | Monday, March 17, 2025
पीएम कप : मधेसलाई लुम्बिनीले दियो १५९ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा लुम्बिनीले मधेसलाई १५९ रनको लक्ष्य दिएको छ। लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा लुम्बिनी ४६ ओभरमा १५८ रन बनाएर अलआउट भएको हो।

लुम्बिनीका लागि आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले। उनले १२३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बनाए। कृष्णा कार्कीले ३३ र कप्तान देव खनालले १६ रन बनाए।

मधेसका लागि भने विशाल पटेल र कमल गुप्ताले ३-३ विकेट लिए। हरिशंकर शाह, प्रदीप पासवान र रञ्जित कुमारले भने १-१ विकेट लिए।

प्रकाशित: ४ चैत २०८१ १२:२७ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast