पीएम कप : आज यी ३ खेल हुँदै

हिमाल प्रेस २६ फागुन २०८१ ७:१४ | Monday, March 10, 2025
पीएम कप : आज यी ३ खेल हुँदै

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेटमा आज पनि तीन खेल हुँदैछन्। आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन्। यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजे हुने छ।

बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो।अर्को खेल लुम्बिनी र नेपाल पुलिस क्लबबीच हुने र यो खेल तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सोही समयमा सुरु हुने तालिका रहेको छ।

लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो।

त्यसैगरी आज हुने तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच हुने छ। यो खेल दाङको लमहीस्थित देउखुरी क्रिकेट स्टेडियममा हुने छ।

प्रकाशित: २६ फागुन २०८१ ७:१४ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast