पीएम कपमा २ खेल हुँदै

हिमाल प्रेस २८ फागुन २०८१ ८:४८ | Wednesday, March 12, 2025
पीएम कपमा २ खेल हुँदै

काठमाडौँ- लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन्।

सिद्धार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। एक्स्ट्राटेक ओभल मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।

दुवै खेलहरू बिहान ९ बजेदेखि सुरु हुनेछन्। सुदूरपश्चिम प्रदेशले पहिलो खेलमा कर्णाली प्रदेशसँग हार व्यहोरेको थियो भने दोस्रो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो। त्रिभुवन आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो।

कोशी प्रदेशले लुम्बिनी प्रदेश र मधेश प्रदेशसँग हार व्यहोरेको छ भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई हराएको छ।

प्रकाशित: २८ फागुन २०८१ ८:४८ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast