काठमाडौँ- पाटन क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव माग गर्दै विद्यार्थीले अनशन थालेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चुनावको माग गर्दै क्याम्पस परिसरमा अनशन थालेका हुन्।
क्याम्पसमा अखिल क्रान्तिकारी टीकाराम खत्रीको नेतृत्वमा अनशन सुरु भएको हो। पाटन क्याम्पसमा चैत ५ गते मतदान भइरहेका बेला नक्कली मतदाता देखिएको भन्दै विवाद सुरु भएपछि मतदान नै स्थगित गरिएको थियो ।
प्रकाशित: १२ चैत २०८१ ११:४९ | Tuesday, March 25, 2025
प्रतिक्रिया





