पाकिस्तानमा बम विस्फोट, पाँच सुरक्षाकर्मीको मृत्यु

हिमाल प्रेस ३ चैत २०८१ १६:१० | Sunday, March 16, 2025
पाकिस्तानमा बम विस्फोट, पाँच सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ- पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्। बलुचिस्तान प्रान्तको नोश्की जिल्लामा बम विस्फोट भएको हो।

संघीय गृहमन्त्री मोहसिन नकवी र बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको भत्र्सना गरेका छन्। यद्यपि उनीहरूले घटनामा मारिएका व्यक्ति र संख्याबारे  खुलाएका छैनन्।

नोश्की प्रहरी प्रमुख हाशिम मोहम्मदले विस्फोटको पुष्टि गरेको बीबीसीले जनाएको छ।

एक वरिष्ठ सरकारी अधिकारीले विस्फोट नोश्की सहरनजिक क्वेटा र ताफ्तानबीच आरसीडी राजमार्गमा भएको बताएका छन्। उनका अनुसार सात बस र दुई कारसहित सुरक्षाबलको समूह क्वेटाबाट नोकुन्डीतर्फ गइरहेको थियो।

सुरक्षाबलको समूहमा रहेको एक बसनजिक विस्फोट भएको उनले बताएका छन्। स्थानीवासीका अनुसार विस्फोटको आवाज टाढासम्म सुनिएको थियो।

पाकिस्तानका गृहमन्त्री नकवीले देशका दुश्मनले पाकिस्तानमा अस्थिरता उत्पन्न गराउने षडयन्त्र गरिरहेको बताएका छन्।

प्रकाशित: ३ चैत २०८१ १६:१० | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast