परिवर्तनकामी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने एकीकृत समाजवादीको निर्णय

हिमाल प्रेस २६ फागुन २०८१ १८:४१ | Monday, March 10, 2025
परिवर्तनकामी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने एकीकृत समाजवादीको निर्णय एकीकृत समाजवादी पार्टीको सोमबार बसेको सचिवालय बैठक

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीले गणतन्त्रको रक्षाका लागि परिवर्तनकामी सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादी पार्टीको सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गणतन्त्रात्मक राज्यव्यवस्था समुन्नत बनाउन देशमा रोजगारी वृद्धि तथा समाजवादी वितरण प्रणाली कायम गर्न पार्टीले योजना निर्माण गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीले गरेको प्रदर्शन, पार्टीका गतिविधिबारे छलफल गरिएको बैठकमा देशभर सांगठनिक सुदृढीकरणका लागि सशक्त जनपरिचालनका कार्य योजनामा छलफल गरिएको थियो।

समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको बैठकमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबारे समेत छलफल भएको थियो।

बैठकमा पार्टी सदस्य विस्तार तथा जनवर्गीय संगठनको कार्ययोजनाको समीक्षा गरिएको बैठकमा बामपन्थी शक्तिबीचको एकतालाई जोड दिने निर्णय गरिएको जनाइएको छ।

पार्टीको आगामी कार्ययोजना तथा रणनीति तयार गर्न जनताको सुझावलाई संकलन गरी आगामी चैत १ गते विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २६ फागुन २०८१ १८:४१ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast