पद जानुपूर्व चेपाङ बस्तीमा विद्यतकै काममा थिए कुलमान

हिमाल प्रेस १२ चैत २०८१ ९:१४ | Tuesday, March 25, 2025
पद जानुपूर्व चेपाङ बस्तीमा विद्यतकै काममा थिए कुलमान मकवानपुरको राक्सिराँग गाउँपालिका ९ स्थित चेपाङ बस्तिमा सोमबार खैराङकी ७० वर्षिया तुलकुमारी चेपाङको घरको विद्युत् मिटर ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्बिर : अञ्जली थापा/रासस

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट सोमबार हटायो। कार्य सम्पादनमा शून्य ल्याएको भन्दै बारम्बार स्पष्टीकरण सोधेको सरकारले अन्ततस् कुलमानलाई पदबाटै हटायो।

कुलमानलाई हटाउने निर्णय मन्त्रिपरिषद्मै विवादास्पद बनेको थियो। गृहमन्त्री रमेश लेखकसहित केही मन्त्रीले यसो नगर्न अनुरोध गरेका थिए। ऊर्जामन्त्री दीपक खड्का र परराष्ट्रमन्त्री आरजु राणाको जोडबलमा मन्त्रिपरिषद्बाट निर्णय लिइएको थियो।

सरकारले कार्यसम्पादन भन्दै हटाएका कुलमान भने हटाइएकै दिन पनि ‘फिल्ड’मा थिए। उनी सोमबार मकवानपुरको राक्सिराँग गाउँपालिका ९ स्थित चेपाङ बस्तिमा पुगेका थिए। चेपाङ बस्तिमा सोमबार खैराङका घरमा विद्युत् मिटर ‘अन’ गरेका थिए।

उनले सोही ठाउँमा विद्यत् पुगेकोमा स्थानीयसँग हर्षोल्लास समेत गरेका थिए। सरकारले लोड सेटिङ हुने अभिव्यक्ति दिइरहेका बेला कुलमानले चेपाङ बस्तिबाटै पनि लोड सेटिङको सम्भावना नरहेको बताएका थिए।

प्रकाशित: १२ चैत २०८१ ९:१४ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast