पत्रकार रजकको हत्यामा संलग्नलाई कारबाही माग गर्दै सुनसरीमा र्‍याली

हिमाल प्रेस १६ चैत २०८१ २०:२६ | Saturday, March 29, 2025
पत्रकार रजकको हत्यामा संलग्नलाई कारबाही माग गर्दै सुनसरीमा र्‍याली

इटहरी- एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले विरोध र्‍याली निकालेको छ।

शनिबार इटहरी उपमहानगरपालिका कार्यालयअगाडिबाट सुरु भएको विरोध र्‍याली इटहरीको मुख्य चोक गरी पुनः पालिकाअघि आएर कोणसभा गरिएको थियो।

शुक्रबार पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पणसँगै प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको हो।

काठमाडौँको तीनकुनेमा रहेको एक भवनबाट भिडियो खिच्ने क्रममा उक्त भवनमा आगजनी हुँदा रजकको शव जलेको अवस्थामा भेटिएको थियो।

प्रकाशित: १६ चैत २०८१ २०:२६ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast