पक्षाघातको औषधि अब निःशुल्क

हिमाल प्रेस ७ चैत २०८१ १८:५५ | Thursday, March 20, 2025
पक्षाघातको औषधि अब निःशुल्क फाइल तस्बिर

काठमाडौँ– नेपालमा पक्षाघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क रूपमा अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहयोगी संस्थाबाट प्राप्त भएको औषधि अस्पतालमा पठाउन हस्तान्तरण गरिएको हो।

मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको मृत्यु भएकाले महँगो औषधि सहयोग प्राप्त गरेर अस्पतालमा पठाउन लागिएको जानकारी दिए।

उनले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने जानकारी दिए।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधि उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

प्रकाशित: ७ चैत २०८१ १८:५५ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast