नेपाल सुपर लिगको तेस्रो संस्करणसँग जोडियो फिल्म ‘पिताम्बर’

हिमाल प्रेस ११ चैत २०८१ २१:०५ | Monday, March 24, 2025
नेपाल सुपर लिगको तेस्रो संस्करणसँग जोडियो फिल्म ‘पिताम्बर’

काठमाडौँ– नयाँवर्ष २०८२ को छेकोमा यहि चैत २९ देखि प्रदर्शन हुने फिल्म ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणसँग जोडिएको छ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्ट (एनएसएम) ले आयोजना गर्दै आएको सुपरलिगमा फिल्म ‘पिताम्बर’ मुभी पार्टनरका रुपमा जोडिएको हो। नेपाल सुपर लिग यही चैत १६ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।

फिल्मकी निर्देशक कृषा चौलागाईंले देशको प्रतिष्ठित फुटबल प्रतियोगितामा मुभी पार्टनरका रुपमा जोडिन पाउँदा खुशी लागेको बताइन्। ‘दर्शकका लागि नेपालमा खेलकुद र फिल्म अभिन्न अंग बनेका छन्। खेलकुदका माध्यमबाट पनि फिल्मको प्रचारप्रसारमा सघाउ पुग्नेमा हामी ढुक्क छौँ,’ उनले भनिन्।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा बनेको छ।

फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहारी, सुलभ पहारी, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्।

फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्। फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ।

प्रकाशित: ११ चैत २०८१ २१:०५ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast