काठमाडौँ- नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अनिश्चित बनेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) पुनः आन्दोलनमा उत्रिएको छ। आवधिक निर्वाचन सुनिश्चित गर्न दबाब सिर्जना गर्न नेविसंघले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ।
नेविसंघका अनुसार रिले अनशनपछि निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि प्रक्रिया अघि नबढेपछि उनीहरू बाध्य भएर तालाबन्दी गर्न पुगेका हुन्। संगठनले भनेको छ, ‘हामी शैक्षिक गतिविधिमा अवरोध सिर्जना नगरी निर्वाचन सुनिश्चित गर्न संघर्ष गरिरहेका छौँ। प्रशासनले निर्वाचन अपरिहार्य छ भन्ने बुझ्नुपर्छ।’
क्याम्पस प्रशासन भने निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा अन्योलमै रहेको देखिन्छ। नेविसंघले तत्काल निर्वाचनको सुनिश्चितता नगरिए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।
प्रकाशित: १३ चैत २०८१ १९:२८ | Wednesday, March 26, 2025
प्रतिक्रिया



