नेपाल बारले भन्यो- तीनकुनेको घटनामा संलग्नलाई कारबाही गर

हिमाल प्रेस १६ चैत २०८१ १७:२२ | Saturday, March 29, 2025
नेपाल बारले भन्यो- तीनकुनेको घटनामा संलग्नलाई कारबाही गर

काठमाडौँ- कानुन व्यवसायीहरूको छाता संगठन, नेपाल बार एसोसिएसनले तीनकुने घटनाको गम्भीर अनुसन्धान गरी संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही गर्न राज्य पक्षसँग जोडदार माग गरेको छ।

नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन र अनुसन्धानको आवश्यकता औंल्याएको हो। महासचिव अञ्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई कानुनी दायरामा हदसम्मको सजायको निमित्त राज्य पक्षसँग जोडदार माग गर्दछौं।’

बारले तीनकुने घटनामा राजावादीहरूको भिडले सिर्जना गरेको परिस्थितिका कारण पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको मृत्यु भएको उल्लेख गर्दै घाइतेहरूको उपचारमा सरकारको ध्यान आकर्षित गरेको छ।

विज्ञप्तिमा लुटपाट र आगजनीका घटनाहरूको पनि जिकिर गर्दै बारले सरकारले यस्तो हिंसात्मक गतिविधिलाई गम्भीरतापूर्वक लिनुपर्ने कुरामा जोड दिएको छ। साथै, बारले घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरेमा ल्याउन सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: १६ चैत २०८१ १७:२२ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast