 
                             
                                            काठमाडौँ- नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आगामी वैशाख ४ देखि ६ गते सम्म हुने भएको छ। यस पटकको महोत्सव गोसाईकुण्ड गाउँपालिका रसुवामा हुने भएको हो।
सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।
उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ। महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरूलाई समावेश गरिनेछ।
जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने सापकोटाको भनाइ छ।
पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो पटक रामेछापमा आयोजना गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 