काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला १,४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो दर १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको थियो।
मंगलबार चाँदीको मूल्य पनि बढेर प्रतितोला १,९४० रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य १,९१५ रुपैयाँ मात्र थियो। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेको हो।
सुनचाँदीको मूल्यमा आएको यो वृद्धिलाई बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली मुद्राको विनिमय दरमा आएको परिवर्तनसँग सम्बन्धित बताइरहेका छन्।
प्रकाशित: २० फागुन २०८१ ११:३९ | Tuesday, March 4, 2025
प्रतिक्रिया





