नेपालमा अब राजतन्त्र फर्कने सम्भावना छैन : विश्वप्रकाश शर्मा

हिमाल प्रेस १८ चैत २०८१ १२:५४ | Monday, March 31, 2025
नेपालमा अब राजतन्त्र फर्कने सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र फर्काउने प्रयास कांग्रेसले विगतमा गरे पनि त्यसमा असफल भएको बताएका छन्। तर,अब देशमा राजतन्त्र पुनःस्थापना नहुने उनले बताए।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वपञ्चहरू अहिले संवैधानिक राजतन्त्रको कुरा गरिरहेको भन्दै आलोचना गरे। उनले भने, ‘हिजो कांग्रेसले संवैधानिक राजतन्त्रलाई आदर्श मानेर लड्दा हामीलाई गोली ठोकियो, जेल हालियो, सर्वस्व हरण गरियो। तर,अहिले तिनै पूर्वपञ्चहरू संवैधानिक राजतन्त्रको कुरा गर्दैछन्।’

शर्माले राजा महेन्द्रले गिरिजाप्रसाद कोइरालालगायत नेताहरूलाई दलीय व्यवस्था निलम्बन गरेर पेल्दा पनि कांग्रेसले समावेशी लोकतन्त्रको पक्षमा अडान लिएको बताए। अब देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनको भनाइ छ।

प्रकाशित: १८ चैत २०८१ १२:५४ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast