निर्देशक अशोक शर्माकी छोरी कृतिको अभिनयमा डेब्यू

हिमाल प्रेस ७ चैत २०८१ १९:३५ | Thursday, March 20, 2025
निर्देशक अशोक शर्माकी छोरी कृतिको अभिनयमा डेब्यू

काठमाडौँ- नेपाली फिल्मका निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेब्यू गरेकी छन्। उनको अभिनय रहेको म्युजिक भिडियो ‘रिटिङ  र्‍याइँ र्‍याइँ’ बिहीबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो।

गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक शर्माले छोरी कृतिले आफूलाई यो म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए। उनी फिल्मको पर्दामा भन्दा पनि पर्दा पछाडि काम गर्न रुचाउने मान्छे भएको उनले बताए।

कृतिले यसअघि पानीफोटो र रातो टीका निधारमा लगायत फिल्ममा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन्।

मोडल सुनिल क्षेत्रीको अभिनय र निर्देशन रहेको म्युजिक भिडियोमा गायक वसन्त थापा र एलिना चौहानको स्वर छ। गीतको रचनाकार वरिष्ठ गीतकार राजेन्द्र थापा हुन्। अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय छ।

आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई समेत निरन्तरता दिने सोच कृतिको छ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन तथा कलर गरेका हुन्।

प्रकाशित: ७ चैत २०८१ १९:३५ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast