नामिबियाविरुद्ध बलिङमा नेपाली महिला टोली

हिमाल प्रेस २८ फागुन २०८१ १२:४९ | Wednesday, March 12, 2025
नामिबियाविरुद्ध बलिङमा नेपाली महिला टोली

काठमाडौँ- चारदेशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो चौथो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

खेल एन्टेब्बे क्रिकेट ओभलमा नेपाली कप्तान इन्दु बर्माले टस जिते फिल्डिङको निर्णय लिइन्। नेपालले पहिलो ओभर बलिङ सकेको छ। नेपाली बलर पूजा महतोले एक रन दिएर ओभर सकेकी छन्।

नामिबियासँगको पहिलो भेटमा नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।

यसैगरी नामिबियाले पनि नेपाललाई हराएयता हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको छ ।

प्रकाशित: २८ फागुन २०८१ १२:४९ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast