धर्मश्री शारीरिक सुगठन प्रतियोगिता ७ गतेदेखि, विजेतालाई १२ लाख रुपैयाँ

हिमाल प्रेस ४ चैत २०८१ १३:१० | Monday, March 17, 2025
धर्मश्री शारीरिक सुगठन प्रतियोगिता ७ गतेदेखि, विजेतालाई १२ लाख रुपैयाँ

काठमाडौँ– नेपाल व्यायाम मन्दिरको आयोजनामा काठमाडौँमा १७औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै १७औँ धर्मश्री तथा पूर्व मेयर पीएल सिंह शारीरिक सुगठन प्रतियोगिता चैत ७ देखि ९ गतेसम्म हुने जानकारी दिएको हो।

प्रतियोगिताअन्तर्गत चैत ७ गते वेइङ, चैत ८ र ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए। पुरुष बडी बिल्डिङका रूपमा रहेको धर्मश्रीतर्फ ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुने उनले बताए।

धर्मश्रीसँगै पुरुष एथ्लेटिक फिजिक ओभर र पुरुष एथ्लेटिक्स फिजिक अन्डर, महिला बडिबिल्डिङ र ५० वर्षभन्दा माथिका खुला मास्टर विधामा प्रतिस्पर्धा हुने अध्यक्ष प्रधानले जानकारी दिए।

धर्मश्री विजेताले १२ लाख रुपैयाँ, दोस्रो हुनेले ६ लाख रुपैयाँ तथा तेस्रोले ३ लाख रुपैयाँ पाउने उनले जानकारी दिए। त्यस्तै पुरुष फिजिक ओभर र अन्डर तथा महिला बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख र तेस्रोले ७० हजार पाउने व्यायाम मन्दिरले जनाएको छ।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगीताको कुल अनुमानीत लागत १ करोड रुपैयाँ रहेको नेपाल व्यायाम मन्दिरले जनाएको छ।

प्रकाशित: ४ चैत २०८१ १३:१० | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast