 
                             
                                            काठमाडौँ- गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ। घरपरिवार तथा गाउँघरको माया तथा परदेशी जीवनको कथा समेटिएको गीतमा बी पाण्डेको शब्द, बिपी वाग्लेको संगीत र भद्र ओलीको एरेञ्ज रहेको छ।
एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतमा चन्द्र चौधरीले मिक्सिङ गरेका छन्। पार्वती चापागाईंको निर्देशन र शीतल वाग्लेको सह–निर्देशन रहेको गीतको भिडियोमा मदन सिलवाल, राजा राजपुत, सुरज खाती, दीपकराज कालीराजको अभिनय छ।
भिडियोको छायांकन धर्म मानन्धर र सम्पादन निराजनसिंह ठकुरीले गरेका हुन्। गीत मिसन इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
                            प्रकाशित: २९ फागुन  २०८१ २०:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![बालबालिकाका लागि नयाँ गीत ‘हामी साना कोपिला’ सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/child-song.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 