तीनकुने घटनामा सुरक्षा कमजोरी देखियो : रास्वपा

हिमाल प्रेस १७ चैत २०८१ १७:३२ | Sunday, March 30, 2025
तीनकुने घटनामा सुरक्षा कमजोरी देखियो : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसादअर्याल।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीले आन्दोलनका क्रममा क्षति पुर्‍याएका विभिन्न स्थानको भौतिक संरचनाको आइतबार निरीक्षण गरेको छ।

निरीक्षणपछि रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए। उनले भने, ‘यसमा सुरक्षा कमजोरी देखिएको छ।’

कार्यवाहक सभापति अर्यालले जडीबुटीदेखि क्षतिग्रस्त सबै स्थानको निरीक्षण गरिएको बताए। उनले भने, ‘हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन सक्दैन। घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’ अर्यालले शान्तिसुरक्षामा सरकार चुकेकाले आगामी दिनमा यस्ता घटना हुन नदिन गम्भीर हुनुपर्ने बताए।

कार्यवाहक सभापति अर्याल, कोषाध्यक्ष लिमा अधिकारीलगायतको टोलीले राजावादीले क्षति पुर्‍याएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौँको तीनकुनेको भवनसहितका भौतिक संरचनाको निरीक्षण गरेको हो।

प्रकाशित: १७ चैत २०८१ १७:३२ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast