तीनकुने घटनाबाट विचलित नहुन कमल थापाको आग्रह

हिमाल प्रेस १७ चैत २०८१ १९:१९ | Sunday, March 30, 2025
तीनकुने घटनाबाट विचलित नहुन कमल थापाको आग्रह राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँमा शुक्रबार भएको तीनकुने घटना विश्लेषण गर्दा गणतन्त्र पक्षधरले सुनियोजित ढंगबाट परिस्थितिलाई उत्तेजित र अराजक बनाउन खोजेको आरोप लगाएका छन्।

उनले राजा, हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्न खोजेको आरोप पनि उनको छ। काठमाडौँमा आइतबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले तीन घटनाक्रमबाट कसैलाई पनि विचलित नहुन सम्पूर्ण राष्ट्रवादी, राजावादी र हिन्दु राष्ट्र पक्षधरलाई आह्वानसमेत गरेका छन्। उनले भने, ‘केही समयपछि गोयबल्स शैलीमा गरिरहेको सुनियोजित प्रोपोगन्डाको तुवाँलो हट्नेछ।’

हिन्दु राष्ट्र राजासहितको प्रजातन्त्रको पुनर्स्थापनाको अभियान नयाँ ढंगबाट अघि बढ्ने समेत थापाले स्पष्ट पारे। ‘तीनकुने घटनाको आवरणमा भ्रष्ट शासन र भ्रष्ट व्यवस्थालाई निरन्तरता दिइरहन खोज्ने योजना सफल हुन दिँदैनौँ’, उनले भने।

प्रकाशित: १७ चैत २०८१ १९:१९ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast