तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस

हिमाल प्रेस १६ चैत २०८१ २०:०० | Saturday, March 29, 2025
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंस्रक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष संलग्नता रहेको ठहर गर्दै घटनाको सम्पूर्ण जिम्मेवारी शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। प्रदर्शनमा पत्रकार सुरेश रजक आगोमा जलेर र सविन महर्जन गोली लागेर मृत्यु भएको थियो।

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसको अगुवाइमा गणतन्त्रवादी सबै दलसँग एकपटक छलफल गर्ने निर्णय समेत गरेको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘पूर्वराजा शाहकै निर्देशनमा यो घटना घटेको हो।’

तीनकुने घटना अपडेट : १११ जना पक्राउ, १८ कार्यालय तोडफोड र १२ ठाउँमा आगजनी

प्रकाशित: १६ चैत २०८१ २०:०० | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast