तीनकुने घटनाको पर्दापछाडि पूर्वराजा ज्ञानेन्द्र छन् : रेखा शर्मा

हिमाल प्रेस १८ चैत २०८१ १५:२७ | Monday, March 31, 2025
तीनकुने घटनाको पर्दापछाडि पूर्वराजा ज्ञानेन्द्र छन् : रेखा शर्मा प्रतिनिधिसभा बैठकमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र)की सांसद रेखा श। तस्बिर : रासस

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले शुक्रबार तीनकुनेलगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाका दोषीमाथि कारबाही गर्न माग गरेकी छन्। प्रतिनिधिसभामा सोमबार सम्बोधन गर्दै शर्माले तीनकुनेलगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाको पर्दापछाडि पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी हुन्।

शर्माले संविधान र कानुनभन्दा माथि कोही नरहेकाले छानबिन गरी दोषीमाथि सबैलाई कारबाही हुनुपर्ने बताइन्। उनले भनिन्, ‘वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प राजतन्त्र हुनै सक्दैन।’

यसैगरी उनले व्यवस्थाप्रति जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्न सरकार लाग्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: १८ चैत २०८१ १५:२७ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast