तीनकुने अशान्त, भृकुटीमण्डपमा सभा सुरु

हिमाल प्रेस १५ चैत २०८१ १४:१३ | Friday, March 28, 2025
तीनकुने अशान्त, भृकुटीमण्डपमा सभा सुरु

काठमाडौँ- राजतन्त्र समर्थकले शुक्रबार गरेको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने अशान्त भएको छ। बागमती पुलमा प्रहरीको अवरोध छिचोलेर अगाडि बढ्न खोज्दा अश्रुग्यास प्रहार भएको थियो।  प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोज्दा फेरि अश्रुग्यास प्रहार गरिएको छ। प्रहरीले प्रदर्शनकारीलाई पानीको फोहोरा प्रयोग गरी तितबरबितर बनाउन प्रयास गरेको छ।

प्रदर्शनकारीहरूले स्थानीय घर र भवनमा पनि ढुंगा प्रहार गरेर सिसा फुटाइदिएका छन्।

सभा आयोजना गर्न लागिएको मञ्चमा पनि अश्रुग्यास प्रहार भएको छ। राजतन्त्र समर्थकहरू नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएका हुन्। तीनकुनेमा भेला भएका राजतन्त्रका समर्थकहरूले राजतन्त्र जिन्दावाद, केपी चोर देश छोड, गणतन्त्र मुर्दाबादजस्ता नारा लगाइरहेका छन्।

उता समाजवादी मोर्चाले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको सभा सुरु भएको छ। सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका नेता सहभागी छन्।

प्रकाशित: १५ चैत २०८१ १४:१३ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast