ताप्लेजुङमा पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

हिमाल प्रेस १७ चैत २०८१ १०:१९ | Sunday, March 30, 2025
ताप्लेजुङमा पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

ताप्लेजुङ- सिरिजङ्घा गाउँपालिका-५ खेसेवामा ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। स्थानीय ताराहाङ माबोकी छोरी ईतुङना माबोको पौडी खेल्ने क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार घर नजिकै पानी ट्याङ्कीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए। प्राथमिक उपचारका लागि निजलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।

घटनापछि प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाएको रावलले जानकारी दिए।

प्रकाशित: १७ चैत २०८१ १०:१९ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast