ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

हिमाल प्रेस ४ चैत २०८१ २१:१६ | Monday, March 17, 2025
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौँ- तनहुँमा ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका वडा नम्बर ४ ओटाङ्दीमा सोमबार साँझ दुर्घटना भएको हो।

दुर्घटनामा तनहुँ म्याग्दे गाउँपालिका–२ जामुने बस्ने ३० वर्षीय सुकबहादुर बिकको ट्याक्टरले च्यापिएर घटनास्थलमा मृत्यु भएको तनहुँ प्रहरीका प्रवक्ता डीएसपी अशोक थापाले जानकारी दिए।

ओटाङदीबाट हाइबेतर्फ सामान पुर्‍याएर फर्किँदै गरेको ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक तनहुँ म्याग्दे–२ का ४० वर्षीय प्रकाशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित: ४ चैत २०८१ २१:१६ | Monday, March 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast