झलनाथले भने : बीआरआई परियोजना देशको हितमा छ, हामीलाई फाइदा हुन्छ

हिमाल प्रेस २ चैत २०८१ १३:४० | Saturday, March 15, 2025
झलनाथले भने : बीआरआई परियोजना देशको हितमा छ, हामीलाई फाइदा हुन्छ पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई नेपालका लागि बिकास र समृद्धि हासिल गर्ने अवसर भएको बताएका छन्।

फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसोलिजमले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा खनालले बीआरआईबाट फाइदा दिँदै यसलाई बिकास र समृद्धिको अवसरको रूपमा लिनुपर्ने बताए। बीआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रूपमा रहेको उनले बताए।

खनालले पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बीआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने धारणा राखे। बीआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बीआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए। चीन विश्वकै प्रमुख व्यापारिक केन्द्र बन्दै गएको भन्दै उहाले आयातमा समेत चीन निकै अगाडी रहेको जानकारी दिए। उनले बीआरआईका कुनै अन्यौलमा पर्नुपर्ने कारण नरहेको र यसमार्फत पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरणका काम अघि बढेको जानकारी दिए।

प्रकाशित: २ चैत २०८१ १३:४० | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast