ज्योति साहित्य प्रतिष्ठानले मनायो विश्व कविता महोत्सव

हिमाल प्रेस १० चैत २०८१ १३:५७ | Sunday, March 23, 2025
ज्योति साहित्य प्रतिष्ठानले मनायो विश्व कविता महोत्सव

काठमाडौँ- ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा विश्व कविता महोत्सव-२०२५ सम्पन्न भएको छ। २१ मार्चमा मनाइने विश्व कविता दिवसको सन्दर्भमा प्रतिष्ठानले शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टको सभा कक्षमा महोत्सव आयोजना गरेकाे थियो।

कविता वाचन र सम्मान चिनो प्रदान गर्दै दुई चरणमा गरिएको कार्यक्रममा स्थापित, उपत्यका बाहिर र युवा गरी १०० जना कवि उपस्थित रहेको आयोजकले जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्व तथा विश्व कवि तुलसी दिवसको प्रमुख आतिथ्यतामा उपत्यकाभित्र र बाहिरका गरी एक सय कविले कविता वाचन गरे। साथै संगीतकार तथा गायक प्रदीप बम्जनले राष्ट्रिय र पूर्वेली गरी दुई गीत गाए।

प्रतिष्ठानको २१५ शृङ्खला विशेष कविता महोत्सवको आयोजना गरिएको संस्थाका अध्यक्ष मणिराज सिंहले बताए। कार्यक्रममा उनले आगामी शृङ्खला नयँ वर्ष २०८२ को उपलक्ष्यमा रत्नपार्कमा गर्ने योजनासमेत घोषणा गरे।

कार्यक्रममा डा.बेन्जु शर्मा, भगिरथी श्रेष्ठ, प्रा.डा.भरत भट्टराई, प्रा. डा. बिप्लव ढकाल, ज्ञान उदास, नरेन्द्र राज पौडेल, भीष्म उप्रेती, किशोर पहाडी, प्रभा भट्टराई, सुनिता कन्डङ्वा राई, डा. शेखरकुमार श्रेष्ठ, राधिका गुरागाई, अनिल श्रेष्ठ, किशन पौडेल, ज्योति जंगल, सन्ध्या जोशी, एल पी पराजुली, रचना गुरुङ, राधेश्याम लेकाली, यशोदा अधिकारी, रोमा लम्साललगायत कविहरू उपस्थित थिए।

प्रकाशित: १० चैत २०८१ १३:५७ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast