काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्।
काठमाडौँ महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा शाहको ‘उक्साहट’ मा भएको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरको क्षतिपूर्ति तोकी जरिवाना पत्र पठाएको थियो। आज सो पत्र लिएर निर्मल निवास पुगेको महानगरको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार शाहले पत्र बुझ्न अस्वीकार गरेपछि टोली फर्किएको छ। ‘पत्र बुझ्न मानेनन्, कानुनी प्रक्रियामा जान्छौं,’ पाण्डेले भने।
प्रकाशित: १७ चैत २०८१ ११:२८ | Sunday, March 30, 2025
प्रतिक्रिया





