ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ, सरकारले कडा कदम चालोस् : प्रचण्ड

हिमाल प्रेस १६ चैत २०८१ १७:३२ | Saturday, March 29, 2025
ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ, सरकारले कडा कदम चालोस् : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुट दिन नसकिने बताएका छन्।

शनिबार समाजवादी मोर्चाको बैठक अघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसको लागि तयार छैनन्। यसमा सरकार गम्भीर बनोस्।’

पछिल्लो समय राजावादी गतिविधिहरूमा जे जस्ता कार्य भएका छन्, ती सबैका पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको प्रचण्डको दाबी छ। उनले भने, ‘जे भइरहेको छ, अब एकदम प्रष्ट भएको छ यसको पछाडि ज्ञानेन्द्र शाह नै हो।’

प्रचण्डले राजावादी गतिविधिबारे सरकारलाई कडा कदम चाल्न आग्रह गरेका छन्। उनले भने, ‘ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ र यो कुरा इतिहासले देखाइसकेको छ, अहिले पनि देखिएको छ। यसकारण, यही समय हो सरकारले कडा कदम चालोस् र अपराधीहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याओस्।’

प्रकाशित: १६ चैत २०८१ १७:३२ | Saturday, March 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast