जनता राजतन्त्र ल्याउने मूर्खता गर्दैनन् : जनार्दन शर्मा

हिमाल प्रेस ६ चैत २०८१ १३:०२ | Wednesday, March 19, 2025
जनता राजतन्त्र ल्याउने मूर्खता गर्दैनन् : जनार्दन शर्मा जर्नादन शर्मा।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले राजतन्त्र नआउने र आउन नदिइने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले दरबार हत्याकाण्डबाटै गणतन्त्रको प्रारम्भ भएको बताए।

‘०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । त्यस दिनबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको प्रारम्भ भएको हो,’ उनले भने।

उनले वंशनासँगै समाप्त भएको राजतन्त्र फेरि नफर्कने बताए। ‘वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किंदैन। सार्वभौम भएको जनता फेरि राजतन्त्र ल्याउने मूर्खता पनि गर्दैन भन्ने स्पष्ट गर्न चाहन्छु,’ उनले भने।

शर्माले राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी नभएको बताए। बरु, समाजमा रहेको, आफैँभित्र रहेको राजतन्त्रीय प्रवृत्ति र व्यहारको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ६ चैत २०८१ १३:०२ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast