चैत १५ को प्रदर्शनलाई अवरोध गर्ने मूर्खता नगर्न समाजवादी मोर्चाको चेतावनी

हिमाल प्रेस १३ चैत २०८१ १८:३६ | Wednesday, March 26, 2025
चैत १५ को प्रदर्शनलाई अवरोध गर्ने मूर्खता नगर्न समाजवादी मोर्चाको चेतावनी

काठमाडौँ- समाजवादी मोर्चाले चैत १५ गते गर्न लागेको जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको छ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले गणतन्त्र पक्षधरको जनप्रदर्शनलाई कमजोर बनाउन अवरोध गर्ने सोच देखिएको भन्दै जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको हो।

बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको जनप्रदर्शनलाई अवरोध गर्ने मुर्खतापूर्ण काम नगर्न चेतावनी दिए। उनले अग्रगमनका विरुद्ध हुने अन्य प्रदर्शन सह्य नहुने बताए। चैत्र १५ गते समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप र राजावादीहरूले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्न लागेका छन्।

प्रवक्ता विश्वकर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन गरिएको भन्दै सहभागी हुन अपिल गर्ने निर्णय गरेको जानकारी दिए। कोटेश्वर, कुपण्डोल, कालिमाटी लगायतका स्थानबाट जुलुससहित भृकुटीमण्डप पुगेर सभामा परिणत हुने उनको भनाइ छ।

बैठकमा संसद्को गतिरोधका विषयमा पनि छलफल भएको थियो। कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिनेमा एकमत रहेको विश्वकर्माले बताए।

प्रकाशित: १३ चैत २०८१ १८:३६ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast