चार देशीय महिला क्रिकेट शृंखला : नामिबियासँग भिड्दै नेपाली टोली

हिमाल प्रेस २८ फागुन २०८१ ७:४३ | Wednesday, March 12, 2025
चार देशीय महिला क्रिकेट शृंखला : नामिबियासँग भिड्दै नेपाली टोली

काठमाडौँ- चार देशीय महिला क्रिकेट शृंखलामा नेपालले आफ्नो तेस्रो खेल आज नामिबियाविरुद्ध खेल्दैछ। दुई खेलमा हार र एकमा जित व्यहोरेका नेपाली टोली दबाबका साथ प्रतिस्पर्धामा उत्रनेछ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२:४५ बजे हुने तय छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई ६ विकेटको जित सुम्पिएको थियो।

दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखायो।

जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको कारण नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ।

अर्कोतर्फ नामिबिया पनि नेपालकै पदचापमा छ। नेपाललाई पराजित गरेयता उसले कुनै जित निकाल्न सकेको छैन। हङकङसँग चार विकेटले पराजित भएको नामिबियाले युगान्डालाई एक रनको नतिजा सुम्पिएको थियो। युगान्डा र हङकङ समान चार अंकसहित शीर्ष दुईमा रहँदा नामिबिया भने दुई अंकसहित पुछारमा छ।

प्रकाशित: २८ फागुन २०८१ ७:४३ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast