 
                             
                                            तेह्रथुम- छथर गाउँपालिका-६ सुदापमा रहेको चाङलुङ गुफा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ। स्थानीय सरोकारवालाको पहलमा यसको पर्यटन प्रवर्द्धन थालिएपछि गुफामा पर्यटकको आगमन बढेको हो।
चाङलुङ गुफा करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको छ र १५० मिटर लामो गुफा रोमाञ्चक अनुभव दिन्छ। यहाँ चाङलुङ देवी र मच्छिन्द्र देवीको किंवदन्ती रहेको छ। स्थानीयहरू ती देवीहरूको पूजाआराधना गर्दै आएका छन्।
गुफाको प्रवर्द्धनमा तीन तहका सरकारको तीन करोड बजेट खर्च भइसकेको छ। स्वागतद्वार, रिफ्रेसमेन्ट, सिँढी मार्ग जस्ता संरचनाहरू निर्माण भएका छन्। भविष्यमा चाङलुङ गुफालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ।
चाङलुङ गुफा पुग्न कोशी राजमार्गअन्तर्गत १२ किलोमिटर पक्की र तीन किलोमिटर कच्ची सडक छ।
                            प्रकाशित: २३ फागुन  २०८१ ६:५३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 