घट्यो इन्धनको मूल्य

हिमाल प्रेस २ चैत २०८१ २०:४५ | Saturday, March 15, 2025
घट्यो इन्धनको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इण्डियन आयाल कर्पोरेसनबाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो।

निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ घटाउने निर्णय भएको जनाएको छ। नयाँ मूल्य मध्यराति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६०.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४८.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

प्रकाशित: २ चैत २०८१ २०:४५ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast