ग्लोबल आईएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता

हिमाल प्रेस ८ चैत २०८१ १८:४० | Friday, March 21, 2025
ग्लोबल आईएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता

काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच ग्लोबल आईएमई बैंकबीच सेवाग्रहीलाई छुट प्रदान गर्ने सम्झौता भएको छ।

ग्लोबल आईएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशत छुट प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार अस्पतालले बैंकका डेविट÷क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई अस्पतालको सेवा तथा औषधि उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिनेछ।

अस्पतालले बैंकका ग्राहकहरूलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपीडी र अपरेशनलगायतका सेवाहरूमा प्रतिशतसम्मको छुट प्रदान गरिने बैंकले जनाएको छ।

यो साझेदारीपश्चात ग्लोबल आईएमई बैंकका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए।

उनले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने प्रस्ट पारे।

यसैगरी ग्लोबल आईएमई बैंकका लुम्बिनी प्रदेश प्रमुख शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्धि हुने विश्वास व्यक्त गरिन्।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समय सान्दर्भिक छुट योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो।

प्रकाशित: ८ चैत २०८१ १८:४० | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast