ग्लोबल आईएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

हिमाल प्रेस १४ चैत २०८१ २०:४२ | Thursday, March 27, 2025
ग्लोबल आईएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफरमेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरू अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एआफईजी, एसिया र प्यासिफिक रिजनल इन्ड्रस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आईएमई बैंकको डिजिटल रूपान्तरण तथा डाटा म्याचुरिटी मूल्यांक गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरू पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सुझाव प्रदान गर्नेछ।

यसका साथै आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरू प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आईएमई बैंकलाई सल्लाहसमेत प्रदान गर्नेछ।

यो सम्झदारीपश्चात बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरूलाई रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाहरू विकास गर्न सहज हुने बैंकले विश्वास लिएको छ।

ग्लोबल आईएमई बैंक आफ्ना ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको डिजिटल बैंकिङ सेवा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत रेग्मीले यो सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा विकास र प्रयोग गर्न सहयोग पुग्ने जानकारी दिए।

उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्भरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उपचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १४ चैत २०८१ २०:४२ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast