गुलाम अलीका तीन पुस्ताले गाए ‘गजल उनकै गीत उनकै’ (भिडियोसहित)

हिमाल प्रेस ५ चैत २०८१ ११:१७ | Tuesday, March 18, 2025
गुलाम अलीका तीन पुस्ताले गाए ‘गजल उनकै गीत उनकै’ (भिडियोसहित)

काठमाडौँ- पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा ‘गजल उनकै गीत उनकै’ को भिडियो सार्वजनिक भएको छ। मनोज खड्काको शब्द रहेको गजल गीतमा मिलन मोक्तानले संगीत भरेका छन्।

भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन्। गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ।

प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीत किरण कँडेलको संगीत संयोजन छ। गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन्। उस्ताद गुलाम अलीको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको उनले बताए।

भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतकार खड्काकाे ‘गाउघरले सोध्यो परदेशीलाई’, ‘तिमी जे बन उदाहरण बन’ ‘तेजस्वी अप्सरा’लगायत गीत चर्चित छन्।

प्रकाशित: ५ चैत २०८१ ११:१७ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast