गणतन्त्रवादीको आन्दोलनमा रास्वपा पनि, माओवादीसहितका दल जुटे छलफलमा

हिमाल प्रेस १३ चैत २०८१ ९:२८ | Wednesday, March 26, 2025
गणतन्त्रवादीको आन्दोलनमा रास्वपा पनि, माओवादीसहितका दल जुटे छलफलमा

काठमाडौँ- आगामी चैत १५ मा गर्ने राजतन्त्रविरुद्धको आन्दोलनमा प्रतिपक्षी दलहरू जुटेका छन्। नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ।

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठकमा संसद्‌को चौथो ठूलो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि जोडिएको छ।
सिंहदरबारमा जारी बैठकमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णीम वाग्लेलगायतका नेता सहभागी छन्।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरू सहभागी छन्। उनीहरू आगामी आन्दोलनका विषयमा योजना बनाउन छलफलमा जुटेका छन्।

प्रकाशित: १३ चैत २०८१ ९:२८ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast