कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय

हिमाल प्रेस ७ चैत २०८१ ११:०५ | Thursday, March 20, 2025
कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय

इटहरी- कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशसभाको चालु छैँटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले बैठक अन्त्य गर्ने निर्णय गरेको हो।

उनकाअनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाँट गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ।

आजको बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि १ करोड ५० लाख बाँडफाड गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी मन्त्री भण्डारीले जानकारी दिए ।

राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको छ।

प्रकाशित: ७ चैत २०८१ ११:०५ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast