कुलमान हटाउने निर्णयप्रति युवा संघको प्रतिक्रया : भयंकर प्रतिगमन

हिमाल प्रेस १२ चैत २०८१ ११:२५ | Tuesday, March 25, 2025
कुलमान हटाउने निर्णयप्रति युवा संघको प्रतिक्रया : भयंकर प्रतिगमन

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा विभिन्न राजनीतिक दलका नेताहरू र संघसगठनले विरोध प्रदर्शन गरेका छन्।

कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका प्रवक्ता सन्जिव राइले सामाजिक सन्जाल फेसबुक मार्फत संगठनका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निर्णयको विरोध गर्न अपिल गरेका छन्।

प्रवक्ता राईले ‘दैनिक १८ घण्टे लोडसेडिङका कारण अध्यारोबाट उज्यालो युगमा ल्याउने कुलमान घिसिङ, जस्लाई विजुलीका पिता भन्दा फरक पर्दैन भनेका छन्। मुलुकका प्रधानमन्त्री र ऊर्जा मन्त्रीलाई लक्षित मन्त्रीलामन्त्रीलाई गरि दलाल माफियाहरूको इन्भटर र जेनेरेटरले बालेको बत्तीमा तास जुवा, क्यारम्बोर्ड र टेबलटेनिस खेल्ने नेताहरूले कुलमान लाई बर्खास्त गरेको आरोप लगाएका छन्।

नेता राईले माफिया विचौलिया सरकारको दादागिरी धेरै नटिक्ने भन्दै कुशासनको आयु छोटो हुने र कुलमानको बर्खास्ती भयंकर प्रतिगमन हो भनी दाबी गरेका छन्।

प्रकाशित: १२ चैत २०८१ ११:२५ | Tuesday, March 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast