कुलमान हटाउने निर्णयप्रति घोर निन्दा गर्दछु : प्रचण्ड

हिमाल प्रेस ११ चैत २०८१ २२:११ | Monday, March 24, 2025
कुलमान हटाउने निर्णयप्रति घोर निन्दा गर्दछु : प्रचण्ड

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। प्रचण्डले सोमबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

अध्यक्ष प्रचण्डले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला ऊर्जा विज्ञका रूपमा आफू नेतृत्वको सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएका छन्।

उनले भनेका छन्, ‘उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जनजनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटकपटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो।’

कुलमान पदबाट बर्खास्त, गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन

प्रकाशित: ११ चैत २०८१ २२:११ | Monday, March 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast