काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसबाटै विरोध भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्। आज बिहान सामाजिक सञ्जालमा लेखेर सरकारको कुशासनको निरन्तरताको अर्को कडीभन्दै आक्रोश व्यक्त गरेकाछन्।
उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताए।
‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, उनले लेखेका छन्, ‘यसरी कति दिन चल्ने र चलाउने? विनाशकाले विपरीत बुद्धि!’

प्रकाशित: १२ चैत २०८१ ८:१४ | Tuesday, March 25, 2025
प्रतिक्रिया




