‘कुलमान उज्यालोका नायक होइनन्, साँझको समयमा लोडसेडिङ हुने अवस्था कायमै छ’

हिमाल प्रेस ६ चैत २०८१ १७:४० | Wednesday, March 19, 2025
‘कुलमान उज्यालोका नायक होइनन्, साँझको समयमा लोडसेडिङ हुने अवस्था कायमै छ’ उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का

काठमाडौँ– उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको र मुलुकभित्रको उत्पादन करिव हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको बताएका हुन्।

मन्त्री खड्काले यसअघि लोडसेडिङको अन्त्य भएको भनिए पनि उद्योगमा लोडसेडिङ कायमै रहेको जिकिर गरे। भारतबाट विद्युत आयात गरेर धान्न सक्ने अवस्था अब नरहेको उहाको भनाइ छ।

मन्त्री खड्काले बर्षायाममा उत्पादित ३५ सय मेगावाट मध्ये विद्युत प्राधिकरणले ७ सय मेगावाट विद्युतमात्र उत्पादन गरेको र बाँकी सवै विद्युत निजी क्षेत्रले उत्पादन गरेको जानकारी दिए।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको भन्दै उनले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको तर्क गरे।

उनले कुलमान घिसिङले सार्वजनिक गरेको प्राधिकरणको नाफाको विषयमा पनि सत्यता नरहेको जिकिर गरे। उनले चमेलियामा काम गरेको पैसा नतिरेका कारण विधुत प्राधिकरणको बैंक खाता रोक्का भएको बताए। बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको उनले जानकारी दिए।

प्रकाशित: ६ चैत २०८१ १७:४० | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast