काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासिचव एवं पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेकोमा असन्तुष्टि जनाएका छन्।
उनले सामाजिक सन्जालमा राम्रो काम गर्नेलाई लखेट्ने सोँच, प्रवृत्ति र पात्रले अन्तत: हार्ने बताएका छन्।
उनले उज्यालो नेपालको सपना र योजनाको कार्यान्वयनमा कुलमानले गरेको काममा प्रशंसा गरेका छन्। उनले लोड सेडिङबाट आहत नागरिकलाई कुलमानले भूमिका खेलेको बताएका छन्।
प्रकाशित: १२ चैत २०८१ १०:२५ | Tuesday, March 25, 2025
प्रतिक्रिया




